नियम २८
वस्तु नष्ट गर्ने
: (१) ऐनको दफा ३४ बमोजिम वस्तुको नमुना परीक्षण गर्दा त्यस्तो वस्तु निर्धारित मापदण्ड वा गुणस्तरको: नभएको ठहरिएको कारणबाट नष्ट गर्नु परेमा वा नमुना लिइएको वस्तु सम्बन्धित उत्पादक वा विक्रेताले फिर्ता, नलगेमा वा लैजान इन्कार गरेमा अनुसूची-८ बमोजिमको ढाँचामा मुचुल्का तयार गरी सोको अभिलेख राखी त्यस्तो वस्तु नष्ट गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम कुनै वस्तु नष्ट गर्दा त्यस्तो वस्तुको कुनै भाग वा अंश पुन प्रयोगमा ल्याउन वा उपभोग गर्न नसकिने गरी धुल्याई, खाडल खनी जमीनमा पुरी वा जलाई वा जनस्वास्थ्य वा वातावरणमा प्रतिकूल असर नपुग्ने गरी नष्ट गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम कुनै वस्तु नष्ट गरिएकोमा सो वस्तु नष्ट गर्दाका बखत उपनियम (१) बमोजिम तयार गरिएको मुचुल्काको एक प्रति सम्बन्धित वस्तुको उत्पादक वा बिक्रेतालाई दिई अर्को प्रति निरीक्षण अधिकृतले मिसिलसाथ राख्नु पर्नेछ।